राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु

जानकी खबर । ६ जेठ जनकपुुरधााम – राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिएको खुलेको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको हो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि […]

लमजुङको भुलभुलेमा आज ५.८ र ५.३ म्याग्‍नेच्युटको २ पटक भूकम्प गएको छ ।

जानकी खबर । ५ जेठ, जनकपुरधाम । लमजुङको भुलभुलेमा ५.८ र ५.३ म्याग्‍नेच्युटको २ पटक भूकम्प गएको छ ।भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, […]

प्रधानमन्त्री ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश राणाको एकल बेन्चमा आजै हुने

जानकी खबर । ४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले प्रधानमन्त्री र मन्त्रीहरुविरुद्धका सबै रिट आफ्नै इजलासमा राखेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न इन्कार गरेपछि सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ। शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता डा. […]

मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणमा युएन एजेन्सी हरुलाई पनि सहयोग गर्न अपील ..

जानकी खबर । जेठ ३ जनकपुरधाम – मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणमायुएन एजेन्सी हरुलाई पनि सहयोग गर्न अपील गर्नु भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा युएन एजेन्सीहरु संगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागी अतिआवश्यक देखिएको भेन्टीलेटर, अक्सीजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सीन उपलब्ध गराई दिन अपील गर्नु भएको हो । युएन […]

९ वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा २२ वर्षीय युवक पक्राउ

जानकी खबर । पर्सा, जेठ २ गते । ९ वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा   २२ वर्षीय एक युवक पक्राउ परेका छन् । दुर्व्यहार गरेको अभियोगमा वीरगंज महानगरपालिका–२० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । खेल्दै गरेको बालिकालाई धान दिने प्रलोभन देखाई आफ्नै घरमा बोलाएर सरोजले यौन दुर्व्यवहार गरेको खबर […]

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने

जानकी खबर । ३१ वैशाख २०७८ काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ । तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ । केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै छन्।   यसअघि वैशाख २७ […]

धनुषामा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ ।

जानकी खबर । वैशाख ३०,२०७८ जनकपुरधाम – धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना संक्रमण दर कम गर्न तथा यसको चेनलाई ब्रेक गर्न निषेधाज्ञा लगाइए पनि संक्रमण तथा मृत्यु दरमा सुधार नआएकोले धनुषामा जेठ १० गतेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख १९ गतेदेखि लगाएको निषेधाज्ञा शुक्रबार सकिँदै थियो […]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल संग भेटवार्ताको प्रस्ताव राखनुभयो ।

जानकी खबर ।                                                          ३० वैशाख,२०७८ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीचको टेलिफोन सम्वादमा अध्यक्ष ओलीले नेपाललाई  भेटवार्ताको प्रस्ताव राखेका हुन् । ओलीले कुराकानी गरेर अगाडि बढ्ने प्रस्ताव राखेको नेता सुवास  नेम्वाङले बताए । आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल , भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही […]

एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन ।

जानकी खबर । वैशाख २९,२०७८ जनकपुरधाम – एमाले नेता पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो । हाल वागमती प्रदेश सभाका सांसद रहेका चौलागाईंको उपचारको क्रममा मनमोहन अस्पतालमा  मंगलबार राति करिब १० बजे  निधन भएको हो । उनलाई कोरोना संक्रमण भएपछि बैशाख २१ […]

झापाका हरेक स्थानीय तहमाअक्सिजनसहितको आइसोलेशन

कनकाई :  कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि झापाका हरेक स्थानीय तहमा यतिबेला अक्सिजनसहितको आइसोलेशन निर्माण भइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले आइसोलेशन कक्ष सञ्चालनको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन् । कोरोनाका कारण अतिप्रभावित स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय […]