जानकी खबर ।                                                                                                                                                वैशाख २९,२०७८                                                    जनकपुरधाम - एमाले नेता पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उनको निधन भएको हो ।
 हाल वागमती प्रदेश सभाका सांसद रहेका चौलागाईंको उपचारको क्रममा मनमोहन अस्पतालमा  मंगलबार राति करिब १० बजे  निधन भएको हो ।
 उनलाई कोरोना संक्रमण भएपछि बैशाख २१ गते अस्पतालमा भर्ना गरिएको थियो
 प्रदेश सभामा दोलखाबाट निर्वाचित भएका चौलागाईं यसअघि दोलखाबाटै प्रतिनिधि सभामा समेत निर्वाचित सांसद हुन् ।चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *