राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरमा पूजाआराधना

पाटन-राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो । यसअघि कृष्णमन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक […]

इजरायलबाट फर्किए २५३ जना नेपाली

२५ असोज, काठमाडौं । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए । हमास […]

डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले मूल्य बढयो ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

बाढीपहिरोमा परी १६ जनाको ज्यान गयो

जानकी खबर ।३ कार्तिक, जनकपुरधाम।देशको विभिन्न स्थानमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ।पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको संचार मध्यमहरुले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। जनकपुरधामको विभिन्न स्थान जलमग्न भएकोले जनजिवन प्रभावित बनेको छ।सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति […]

ओलीले निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदै

जानकी खबर ।२८ भदौ ,काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदैछ । ओलीले दायर गरेको रिट निवेदनको पेसी सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा हुने जनाइएको छ । ओलीले रिट निवेदनमा एमालेबाट कारवाही गरिएका १४ […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट ..

जनकी खबर ।असार २ गते । पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएको छ । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् ।

जानकी खवबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् । आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको […]