सरकार र जेन्जी आन्दोलनकारीबीच १० बुँदे सम्झौता

काठमाडौँ । नेपाल सरकार र जेन्जी आन्दोलनकारी बीच आज १० बुँदे सम्झौतामा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आयोजित एक समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन्जी आन्दोलनका प्रतिनिधि बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रको कार्यान्वयनले नागरिक अधिकार र सुशासनका लागि नेपाली नागरिकले भविष्यमा थप आन्दोलन […]
सभामुख मण्डल पदमुक्त – मधेश प्रदेश

जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको भन्दै प्रस्तुत प्रस्ताव दुई–तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका छन् ।बुधबारको प्रदेश सभा बैठकमा ७८ मध्ये ७६ सांसदले प्रस्तावको पक्षमा मत दिए । सात दलीय गठबन्धनका ६४ सांसदले दर्ता गराएको प्रस्तावलाई उपसभामुख बबिता कुमारी राउत ईशरले छलफल र मतदानको नतिजा पछि पारित भएको घोषणा गरिन् ।
शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगाए आगो

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् ।अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका […]
संसद् भवनमा आगजनी

प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो।
वट सावित्री पर्वमा जनकपुरधामको केहि दृश्य ।
सिरहामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुरधाम । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज( मंगलवार ) बिहान पौने ६ बजेतिर उदयपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना हुदा […]
संसद्ममा बिचौलिया शब्दको प्रयोगमा असन्तुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्मा बिचौलिया शब्दको प्रयोग बढी भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठममा बोल्दै उनले संसद्मा संविधान र कानुन सम्मतका व्यवहार हुन आवश्यक रहेको बताइन् । संसद्मा संविधान विपरीत र कानुन विपरीत शब्दहरू प्रयोग हुने गरेको र त्यस्तो शब्द कानुन बनाउने ठाउँमा सुन्दा साह्रै नै दुःख लाग्ने […]
मधेश सभामा पेश गरिएको सरकारी प्रयोजनकोभाषा सम्बन्धी विधेयक फिर्ता

मधेश प्रदेश सभामा दुई दिन पहिला पेश गरिएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उक्त विधेयक फिर्ता लिइएको छ ।मधेश प्रदेशमा बोलिने विभिन्न भाषाहरुलाई उक्त विधेयकमा समावेश नगरेको भन्दै सांसदहरुलेनै विरोध जनाएका थिए ।शिक्षा मन्त्री रानी शर्मा तिवारीले बैठकमा उक्त विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेकी […]
एनपीएलको उपाधि जनकपुरले जिते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको छ । गत १६ मंसिरमा सुरु भएको खेल आज (शनिबार) उपाधि भिडन्तसँगै सकिएको हो । एनपीएलमा सहभागी आठ टिममध्ये जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको हो । एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्शेरबहादुर देउवा र […]
विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर करिक्रम सम्पन्न

श्री सीता-राम विवाहपञ्चमी महा-महोत्सवअन्तर्गत पाँचौँ दिन बिहीबार मटकोर विधि सम्पन्न भएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीमा आज मटकोर विधि सम्पन्न भएको हो ।जानकी मन्दिरको प्राङ्गणबाट आज बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले […]
