
जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको भन्दै प्रस्तुत प्रस्ताव दुई–तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त भएका छन् ।
बुधबारको प्रदेश सभा बैठकमा ७८ मध्ये ७६ सांसदले प्रस्तावको पक्षमा मत दिए । सात दलीय गठबन्धनका ६४ सांसदले दर्ता गराएको प्रस्तावलाई उपसभामुख बबिता कुमारी राउत ईशरले छलफल र मतदानको नतिजा पछि पारित भएको घोषणा गरिन् ।
