सरकार र जेन्जी आन्दोलनकारीबीच १० बुँदे सम्झौता

काठमाडौँ । नेपाल सरकार र जेन्जी आन्दोलनकारी बीच आज १० बुँदे सम्झौतामा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आयोजित एक समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन्जी आन्दोलनका प्रतिनिधि बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रको कार्यान्वयनले नागरिक अधिकार र सुशासनका लागि नेपाली नागरिकले भविष्यमा थप आन्दोलन […]

संसद् भवनमा आगजनी

प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्।केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो।

सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटयो

सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ […]

सिरहामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुरधाम । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज( मंगलवार ) बिहान पौने ६ बजेतिर उदयपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना हुदा […]

संसद्‍ममा बिचौलिया शब्दको प्रयोगमा असन्तुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्‍मा बिचौलिया शब्दको प्रयोग बढी भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठममा बोल्दै उनले संसद्‍मा संविधान र कानुन सम्मतका व्यवहार हुन आवश्यक रहेको बताइन् । संसद्‍मा संविधान विपरीत र कानुन विपरीत शब्दहरू प्रयोग हुने गरेको र त्यस्तो शब्द कानुन बनाउने ठाउँमा सुन्दा साह्रै नै दुःख लाग्ने […]

मधेश सभामा पेश गरिएको सरकारी प्रयोजनकोभाषा सम्बन्धी विधेयक फिर्ता

मधेश प्रदेश सभामा दुई दिन पहिला पेश गरिएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उक्त विधेयक फिर्ता लिइएको छ ।मधेश प्रदेशमा बोलिने विभिन्न भाषाहरुलाई उक्त विधेयकमा समावेश नगरेको भन्दै सांसदहरुलेनै विरोध जनाएका थिए ।शिक्षा मन्त्री रानी शर्मा तिवारीले  बैठकमा उक्त विधेयक फिर्ता लिने प्रस्ताव पेस गरेकी […]

एनपीएलको उपाधि जनकपुरले जिते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको छ । गत १६ मंसिरमा सुरु भएको खेल आज (शनिबार) उपाधि भिडन्तसँगै सकिएको हो । एनपीएलमा सहभागी आठ टिममध्ये जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको हो । एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्शेरबहादुर देउवा र […]

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर करिक्रम सम्पन्न

श्री सीता-राम विवाहपञ्चमी महा-महोत्सवअन्तर्गत पाँचौँ दिन बिहीबार मटकोर विधि सम्पन्न भएको छ ।  जनकपुरधामस्थित गंगासागर पोखरीमा आज मटकोर विधि सम्पन्न भएको हो ।जानकी मन्दिरको प्राङ्गणबाट आज बाजागाजासहित बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए । मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता-राम विवाहका लागि मडवा निर्माण गरिने छ । पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले […]

आम नागरिकलाई पहिलो प्राथमिकतामा राखन मुख्यमन्त्री सिंहको निर्देशन

जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा १९ स्थित विन्दवासिनीमा सोमबार क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ ।पर्सा क्षेत्र  दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको हितकालागी काम गर्न आग्रह गरे । लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम […]