सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *