जनमत पार्टीले वीरगन्ज महानगरपालिका वडा १९ स्थित विन्दवासिनीमा सोमबार क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ ।
पर्सा क्षेत्र  दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको हितकालागी काम गर्न आग्रह गरे ।

लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न मुख्यमन्त्री सिंहले निर्देशन दिए । उनका अनुसार शिक्षा, स्वास्थ्य जस्ता मुद्दाहरु जनतासंग प्रत्यक्ष सरोकार भएका
कारण यस्ता मुद्दाहरुप्रति जनताको पक्षमा काम गर्न आग्रह गरे।
उहाले ,  पार्टीका कार्यकर्ता हरुलाई  अनुशासन भन्दा बाहिर गएर काम नगर्न सचेत  पनि गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *