२५ असोज, काठमाडौं । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट स्वदेश फर्किएका छन् । उनीहरू राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् ।

द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए ।

हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।

आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो l

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो ।

आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको जनाएको छ । स्थानीय प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजीकार्य अझ तीब्र पारिएको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ ।

नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए l

परराष्ट्रमन्त्री साउद नेतृत्वको संयन्त्र र मन्त्रालयको समन्वयमा इजरायली सुरक्षाकर्मीको सहयोग लिएर नेपाली विद्यार्थीलाई युद्धग्रस्त क्षेत्रबाट तेल अबिबलगायत सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षित स्थानमा सारिए पनि युद्ध थप चर्किरहेका कारण उनीहरू स्वदेश फर्किन चाहेका थिए ।

सुरक्षित स्थानमा राखिए पनि नेपालीहरूले आफूमाथि खतरा रहेको भन्दै नेपाल फिर्ता ल्याउनका लागि दबाब सिर्जना गरेका थिए । त्यसपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि अनलाइन फर्म खुला गरेर दर्ता प्रक्रिया सुरु गरेको थियो ।

बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।

विमानको सीमित सिट क्षमताका कारण सबैलाई एकैपटक नेपाल ल्याउन नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, कतिपयले फर्किने विषयमा पुनर्विचार समेत गरेका कारण नाम दर्ता गराएका जति सबै फर्किने सम्भावना कम रहेको इजरायलको तेल अबिबमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

साथै, मृत्यु भएका १० जनाको शव ल्याउन भने समय लाग्ने देखिएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासका अनुसार शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको हो l

परराष्ट्रमन्त्री साउद नेतृत्वको संयन्त्र र मन्त्रालयको समन्वयमा इजरायली सुरक्षाकर्मीको सहयोग लिएर नेपाली विद्यार्थीलाई युद्धग्रस्त क्षेत्रबाट तेल अबिबलगायत सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षित स्थानमा सारिए पनि युद्ध थप चर्किरहेका कारण उनीहरू स्वदेश फर्किन चाहेका थिए ।

सुरक्षित स्थानमा राखिए पनि नेपालीहरूले आफूमाथि खतरा रहेको भन्दै नेपाल फिर्ता ल्याउनका लागि दबाब सिर्जना गरेका थिए । त्यसपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागि अनलाइन फर्म खुला गरेर दर्ता प्रक्रिया सुरु गरेको थियो ।

बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।

विमानको सीमित सिट क्षमताका कारण सबैलाई एकैपटक नेपाल ल्याउन नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, कतिपयले फर्किने विषयमा पुनर्विचार समेत गरेका कारण नाम दर्ता गराएका जति सबै फर्किने सम्भावना कम रहेको इजरायलको तेल अबिबमा रहेको नेपाली राजदूतावासले जनाएको छ

l

साथै, मृत्यु भएका १० जनाको शव ल्याउन भने समय लाग्ने देखिएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासका अनुसार शवको पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएका कारण शव ल्याउन समय लाग्ने देखिएको हो ।

नेपाल फर्किन चाहेका नागरिकलाई स्वदेश ल्याउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं बिहीबार बिहान नेपाल वायुसेवा निगमको विमानबाट इजरायल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *