जानकी खबर ।
२८ भदौ ,काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट माथि अज (सोमबार) सुनुवाइ हुँदैछ ।

ओलीले दायर गरेको रिट निवेदनको पेसी सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा हुने जनाइएको छ ।

ओलीले रिट निवेदनमा एमालेबाट कारवाही गरिएका १४ सांसदलाई पार्टीले गरेको कारवाहीअनुसार पदमुक्त गरि उनीहरुको हस्ताक्षरसहित नयाँ दल दर्ता गराउने निर्वाचन आयोगको निर्णय बदर गराउन माग गरिएको छ ।

अध्यक्ष ओलीले एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानकारी गराउँदा पनि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिरसमेत रिट निवेदनमा गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *