जानकी खबर । ४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले प्रधानमन्त्री र मन्त्रीहरुविरुद्धका सबै रिट आफ्नै इजलासमा राखेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न इन्कार गरेपछि सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ।

शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रधानमन्त्री ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल बेन्चमा हुन लागेको हो ।


राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउन खोज्दा पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

यस्तै उनले पुनःनियुक्ति दिएका ७ मन्त्रीविरुद्ध परेका रिट निवेदनको सुनुवाइ पनि आजै हुने भएको छ।

सांसदै नरहेका व्यक्तिलाई पुनः मन्त्रीमा नियुक्ति दिनु कानुनविपरीत भएको जिकिर निवेदनकर्ताले गरेका छन्।







Leave a Reply

Your email address will not be published. Required fields are marked *