जानकी खबर । ५ जेठ, जनकपुरधाम । लमजुङको भुलभुलेमा ५.८ र ५.३ म्याग्नेच्युटको २ पटक भूकम्प गएको छ ।भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।
बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यका, भूकम्पको धक्का प्रदेश २ को गाउँ तथा सहमा समेत महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको हो ।
भूकम्पले बेसिशहर नगरपालिका-६ चनौटेमा घर भत्किदा उमा गुरुङ घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।
कोरोनाको डरमा बसेका मानिस भूकम्प गएपछि भुलभुले आसपास क्षेत्रका सर्वसाधारणलाई थप त्रसित बनााएकाे छ ।


