जानकी खबर । पर्सा, जेठ २ गते ।

९ वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा   २२ वर्षीय एक युवक पक्राउ परेका छन् ।

दुर्व्यहार गरेको अभियोगमा वीरगंज महानगरपालिका–२० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खेल्दै गरेको बालिकालाई धान दिने प्रलोभन देखाई आफ्नै घरमा बोलाएर सरोजले यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुँदा प्रहरीले सरोजला पक्राउ गरेको जनाएको छ । उनी उपर बाल यौन दुर्व्यवहार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यौन दुर्व्यवहार गर्दा बालिकाले प्रतिकार गरेर भागेकी थिइन् । बालिकाले बुवालाई खबर गरेपछि प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *