
जानकी खबर । जेठ ३ जनकपुरधाम - मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणमायुएन एजेन्सी हरुलाई पनि सहयोग गर्न अपील गर्नु भएको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा युएन एजेन्सीहरु संगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागी अतिआवश्यक देखिएको भेन्टीलेटर, अक्सीजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सीन उपलब्ध गराई दिन अपील गर्नु भएको हो ।
युएन एजेन्सीजहरुले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्नु हुँदै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेश २ सम्म ल्याउनका लागी पहल गर्न समेत प्रदेश स्थित प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । युएन एजेन्सीजहरुले हाल सम्म माहामारी नियन्त्रणमा गर्दै आएको सहयोगको लागी धन्यवाद दिनु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत सहयोगको अपेक्षा समेत व्यक्त गर्नु भएको हो । छलफलमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, युएनडिपीका धनबहादुर चन्द, जितेन्द्र जंग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिह, युनिसेफका अशोक कुमार झा र युएनएफपिएका नरेन्द्र मिश्र लगायतको सहभागिता थियो ।

