जानकी खबर ।                                                                                ३० वैशाख,२०७८                                                                काठमाडौं-   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल  बीचको टेलिफोन सम्वादमा अध्यक्ष ओलीले नेपाललाई  भेटवार्ताको प्रस्ताव राखेका हुन् ।
  ओलीले कुराकानी गरेर अगाडि बढ्ने प्रस्ताव राखेको नेता सुवास  नेम्वाङले बताए ।
 आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल , भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गएको १६ र २० वैशाखमा चार नेतालाई ६ महिनासम्म निलम्बन गरिएको पत्र ओलीले थमाएका थिए ।
 तर स्थायी कमिटी बैठक राखेर कारबाही फुकुवाको निर्णय गरेको छ । बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको छ । ‘राजनीतिक परिस्थितिति हेरेर माधव कमरेडहरुसँग छलफल र वार्ता गर्नेदेखि अरु दलसँग छलफल गर्नेसम्मको अधिकार दिएको नेता नेम्वाङले जानकारी  िदनुभयो।
 २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति दिएको समय आजेै बिहिबार सकिदैछ ।