जानकी खबर । ३१ वैशाख २०७८ काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ । तीन वर्षपछि दोस्रोपल्ट प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहणका लागि राष्ट्रपति भवल शीतल निवासमा तयारी भइरहेको छ । केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै छन्। यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली दोश्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। यस अघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। ओली नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । ओलीले आजै मन्त्रिपरिषद गठन गर्ने र केहि मन्त्रीहरुलाई पनि सपथ गराइने बताइएको छ । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए।

