भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री मोदीले आज बिहान  आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । स्वास्थ्यमा समस्या भएपछि […]

अर्जेन्टिनाले जिते विश्वकप फुटबलको उपाधि

४ पुस, काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । ३६ वर्षपछि कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक  खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी […]

पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा इमरान खानको भाषण प्रसारणमा लगाए रोक

२० कात्तिक, काठमाडौं । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ ।पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति दिएको भन्दै प्रसारणमा रोकलागाईएको जनाएको छ।

उत्तरकोरियाले गरे लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण

२७ असोज, काठमाडौं । उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तरकोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष्टि जनाउँदै राष्ट्रिय सेनाको अथक प्रयास र आणविक क्षमता विकास गर्न उनीहरूले […]

नेपाली रेलको शनिबार उद्घाटन भइसक्यो ।

१९ चैत, जनकपुरधाम ।नेपाली रेलको शनिबार उद्घाटन भएको छ ।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि आज जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता

१९ चैत, काठमाडौं ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।दुई  देशका प्रधानमन्त्रीहरु बीच आज भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।

युक्रेनका कैयौं शहर र गाउँहरू खण्डहर बने

२० फागुन, जनकपुरधाम ।रुसी मिसाइल, बम र गोलाबारीमा परी युक्रेनका कैयौं शहर र गाउँहरू खण्डहर बनेका छन् ।गत हप्तादेखि सुरु भएको रुसी हमलाका कारण मानव बस्तीमा भएको विनाश प्रस्टै देख्न सकिन्छ । हमला अघि र पछि खिचिएका केही तस्वीरले त्यहको भयानक अवस्था लाई बुझ्न सकिन्छ ।

कोप–२६ सम्मेलनमा सहभागी हुनकालागी प्रधानमन्त्री देउवा शुक्रबार लण्डन जाँदै

जानकी खबर ।१२ कात्तिक, काठमाडौं ।जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा सहभागी हुनकालागी प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायतको राजधानी लण्डन जाँदै छन् ।सम्मेलन बेलायतको शहर ग्लासगोमा हुन लागेको हो। २० सदस्यीय टोलिको नेतृत्व गर्दै प्रधानमन्त्री आज बेलायत जान लागेका हुन् । प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको […]

प्रधानमन्त्री देउवा र मोदी बीच स्कटल्याण्डमा साइडलाइन वार्ता हुने

जानकी खबर ।११ कात्तिक, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने भएको छ ।दुई छिमेकी राष्ट्रियको प्रधानमन्त्रीहरु बीच स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा साइडलाइन वार्ता हुने पक्का भएको हो ।जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा […]

अफगानिस्तान विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको मृत्यु

जानकी खबर । ११ भदौ, जनकपुरधाम।अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल बाहिर भएका दुई  बम विस्फोटमा ६० जनाको मृत्यु भएको  छ ।     बिहीबार  भएको बम विस्फोटमा परी ६० जनाले ज्यान गुमाउनुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीले जनाए  अनुसार बम विस्फोटमा परेर मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । विस्फोटमा परी १४० जना […]