जानकी खबर ।
१२ कात्तिक, काठमाडौं ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा सहभागी हुनकालागी प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायतको राजधानी लण्डन जाँदै छन् ।
सम्मेलन बेलायतको शहर ग्लासगोमा हुन लागेको हो।
२० सदस्यीय टोलिको नेतृत्व गर्दै प्रधानमन्त्री आज बेलायत जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
उहाँको टोलिमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव लगायत विभिन्न मन्त्रालयका सचिवहरु छन् ।
जलवायु सम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।
प्रधानमन्त्रीले यही कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्नेछन् ।
पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।




