
१९ चैत, जनकपुरधाम ।
नेपाली रेलको शनिबार उद्घाटन भएको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि आज जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ ।





प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।






