
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको एक सय वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।
प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री मोदीले आज बिहान आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।
स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
