जानकी खबर । ११ भदौ, जनकपुरधाम।
अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल बाहिर भएका दुई बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ ।
बिहीबार भएको बम विस्फोटमा परी ६० जनाले ज्यान गुमाउनुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीले जनाए अनुसार बम विस्फोटमा परेर मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् ।
विस्फोटमा परी १४० जना घाइते भएको जनाइएको छ।
घटनाको जिम्मा इस्लामिक आतंकवादीले लिएका छन्।
अफनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न अमेरिकाले ल्याएको जहाजमा काबुल विमानस्थल आसपास भेला भएका मानिसहरूको भिड लाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।

