जानकी खबर ।
११ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने भएको छ ।
दुई छिमेकी राष्ट्रियको प्रधानमन्त्रीहरु बीच स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा साइडलाइन वार्ता हुने पक्का भएको हो ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा भोलि शुक्रबार स्कटल्याण्ड प्रस्थान गर्दैछन् ।

देउवा १२ गते स्कटल्याण्ड गएर १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवा र मोदीबीच २०७४ सालयता भेटवार्ता भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *