
१९ चैत, काठमाडौं ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।
दुई देशका प्रधानमन्त्रीहरु बीच आज भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।
