प्रदेश-२ मा दुई जना मन्त्रीहारुको कार्यभार परिवर्तन

जानकी खबर ।१३भदौ,जनकपुरधाम । प्रदेश-२ मा दुई जना मन्त्रीहरुको कार्यभार परिवर्तन  गरिएको छ ।प्रदेश २को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जिम्मेवारी हेरफेर गरेको हो ।प्रदेशको अर्थ मन्त्रालयका मन्त्री विजय कुमार यादवलाई  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सोपिएको छ ।त्यस्तै, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्र साहलाई  अर्थ मन्त्रालयको जिम्मेवारी दिएर २ जना […]

नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई केही फरक नपर्ने:ओली

जानकी खबर ।१२ भदौ ,काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमाले पार्टीलाई केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्ताे बताएका हुन् ।  अध्यक्ष ओलीले नेपाललाई लक्षित गर्दै ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने भन्दै रुखमा नयाँ नयाँ […]

जसपाको शुद्धिकरण भएको हो : उपेन्द्र यादव

जानकी खबर ।११भदौ ,जनकपुरधाम ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताउनु भएको छ ।पार्टीले शुक्रबार जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा विभाजन भएको भन्न नमिल्ने दावी गर्नु भयो । उहाँले लोभी पापीहरुको झुण्ड गए पछि बरु जसपा शुद्धिकरण भएको तर्क दिनु भयो […]

सहिद परिवारलाई आफनै परिवार बुझन प्रदेश सरकारलाई अध्यक्ष यादवको निर्देशन

जानकी खबर ।११भदौ , जनकपुरधाम ।जनता समाजवादी पार्टी नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई सम्मान गरेको छ।जनकपुरधााममा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाई सम्मान गर्नु भएको हो ।उक्त अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनिहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन […]

कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा शुक्रबार प्रधानसेनापति नियुक्त

जानकी खबर ।११ भदौ, काठमाडौं ।राष्ट्रपतिले विद्यादेवी भण्डारीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उहाँलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले आज जारी […]

एसीड पीडित साहलाई प्रदेश सरकारले गरे पाँच लाखको आर्थिक सहयोग

जानकी खबर।१० भदौ, जनकपुरधाम।एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गरे अनुसार पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।पीडित साहलाई सहयोगको अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको पनि उपस्थिति थियो ।

माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल बुधबार दर्ता हुँदै

जानकी खबर ।९ भदौ , काठमाडौं ।निर्वाचन आयोगमा माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल बुधबार दर्ता हुँदै छन्।निर्वाचन आयोग स्रोतका अनुसार आयोगले सनाखतसहित सबै प्रक्रिया आजै पुरागरि दल दर्ताको निर्णय गर्ने भएको हो ।नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले […]

नेकपा स्थायी कमिटीको बैठक आज (मंगलवार) ११ बजे बस्दै

जानकी खबर ।८ भदौ, काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठक आज मंगलवार बस्दै छ । कमिटीको बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको एमाले स्रोतले जनाएको छ। बैठकमा एकताका पक्षधर नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न गरेको मागका विषयमा छलफल हुने नेकपा एमालेका नेताहरुले बताए । माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा […]

विशेष कारणले लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित

जानकी खबर ।३ भदौ, बुटवल ।लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशन अनुसार २०७८ साल भदौ […]

राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

जानकी खबर ।३ भदौ,  काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।  सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध संसद छलेर संविधानसँग बाझिने अध्यादेश ल्याएको भन्दै अधिवक्ता प्रवेश केसीसहितका कानुन व्यवसायी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार सो रिट दर्ता […]