जानकी खबर ।
१२ भदौ ,काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमाले पार्टीलाई केही फरक नपर्ने बताएका छन् ।
शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्ताे बताएका हुन् । अध्यक्ष ओलीले नेपाललाई लक्षित गर्दै ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने भन्दै रुखमा नयाँ नयाँ पालुवा पलाउँदै गरेको जनाए।
ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताए ।
उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए ।



