
जानकी खबर ।१३भदौ,जनकपुरधाम ।
प्रदेश-२ मा दुई जना मन्त्रीहरुको कार्यभार परिवर्तन गरिएको छ ।
प्रदेश २को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जिम्मेवारी हेरफेर गरेको हो ।
प्रदेशको अर्थ मन्त्रालयका मन्त्री विजय कुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सोपिएको छ ।
त्यस्तै, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर २ जना मन्त्रीहरुको जिम्मेवारीमा हेरा-फेरी गरि परिवर्तन गरिएको छ ।


