जानकी खबर ।
९ भदौ , काठमाडौं ।
निर्वाचन आयोगमा माधव नेपाल र महन्थ ठाकुरको नयाँ दल बुधबार दर्ता हुँदै छन्।
निर्वाचन आयोग स्रोतका अनुसार आयोगले सनाखतसहित सबै प्रक्रिया आजै पुरागरि दल दर्ताको निर्णय गर्ने भएको हो ।
नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको जनाएको छ।
आयोगले नयाँ दल दर्ताका लागी पार्टीलाई बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको निर्वाचन आयोगले जनाएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् ।





