जानकी खबर ।११ भदौ, काठमाडौं ।
राष्ट्रपतिले विद्यादेवी भण्डारीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उहाँलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।





