जानकी खबर ।११भदौ , जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई सम्मान गरेको छ।
जनकपुरधााममा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाई सम्मान गर्नु भएको हो ।
उक्त अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनिहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन दिनु भएको हो ।
उहाँले भन्नु भयो ,‘ सहिद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ । त्यसलाई अविलम्ब दिनु पर्दछ । यसमा प्रदेश सरकारले नाइनुकुर गर्न मिल्दैन ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही सहिद परिवार रोजगारी पाउन नसकेको उल्लेख गर्नु हुँदै बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले सहिद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणाको लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको जानकारी पनि गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *