जानकी खबर ।
८ भदौ, काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटीको बैठक आज मंगलवार बस्दै छ ।
कमिटीको बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको एमाले स्रोतले जनाएको छ।
बैठकमा एकताका पक्षधर नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न गरेको मागका विषयमा छलफल हुने नेकपा एमालेका नेताहरुले बताए ।
माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका नेतहरु युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूसँग सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।





