जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह गर्ने

जानकी खबर।जनकपुरधामा, असार ७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले असार ९ गते बुधबारदेखि सेवा प्रवाह सुरु गर्ने भएको छ । जिल्ल प्रशासन कार्यालय धनुषाले सोमबार एक सूचना जारी गर्दै पालिकाहरुलाई दिन अनुसार सेवा प्रवाह गर्ने जनाएको छ ।कोरोना संक्रमण दर घटेपछि सरकारले तोकेको मापदण्डको पालना गरी दिन अनुसार सेवा प्रवाह गर्ने प्रशासनले जनाएको छ […]

आज सोमबार निर्जला एकादशी, आआफ्ना घरको  मठमा तुलसीको बिउ राेपिदै

जानकी खबर । असार ७ गते । जनकपुरधाम । आज सोमबार निर्जला एकादशी, आआफ्ना घरको  मठमा तुलसीको बिउ राेपिदै छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार […]

पाेखरीमा डुबेर मृत्युु भएका ५ बालिकाका परिवारलाई जनही १ लाख ५१ हजार दरले राहत

जानकी खबर । असार ६ गते । जनकपुरधाम । धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पाेखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई जनही १ लाख ५१ हजार रूपैयाँका दरलेराहत दिएको छ  ।गाउँपालिका अध्यक्ष मनाेज यादवले प्रत्येक मृतआइतबार पीडित परिवारलाई गाउँपालिका अध्यक्ष मनाेज यादवलेघरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् । गत शुक्रबार धनुषाको मुखियापट्टी मुसरह्निया गाउँपालिका-६ लक्ष्मीपुर गाउँमा पाेखरीमा नुहाउन गएकी १२ वर्षिया लक्ष्मिनिया […]

तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापन स्व. रामनारायण मिश्रको शालिक सरसफाई

जानकी खबर ।असार ६ गते ।जनकपुरधाम । प्रदेश सरकारकै मुख्यालय प्राङ्गणमा वेवारिसे अवस्थामारहेको तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापन स्व. रामनारायण मिश्रको शालिक सरसफाई गरिएको छ । जनकपुरधामको विकासमा अहम योगदान पुरयाएका स्व. मिश्रको शालिक अहिलेको मधेश भवन परिषरमै रहेपनि ओझेलमा परेको छ ।स्व. मिश्रको शालिक रहेको सो ठाँउमा अहिले पानी जमेको र फोहरै फोहरले […]

मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाको नेतित्वमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण

जानकी खबर । असार ६ गते, नगराईन । धनुषाको नगराईन नगरपालिकामा मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाको नेतित्वमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । शनिबार धनुषाको नगराईन नगरपालिका ७ को विर्तामा मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघको संयुक्त आयोजनमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । […]

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत

जानकी खबर ।असार ५,जनकपुरधाम । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्मस्थल महोत्तरीको मटिहानी पुगेकी  मन्त्री चौधरीलाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका हुन् । मटिहानी नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान समारोहमा सम्बोधन गर्दै मन्त्री चौधरीले आफु जहिले पनि मटिहानी आउँदा […]

पछिल्लो २४ घण्टामा धनुषामा १८ जनामा कोरोना संक्रमण पुष्टी,१जनाको मृत्यु

जनकी खबर ।५ असार,जनकपुरधाम । पछिल्लो २४ घण्टामा धनुषामा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको औरही गाउपालिका वार्ड नं १ वस्ने ७३ वर्षिय पुरुष रहेको र उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । धनुषामा संक्रमीत मध्ये ५७२ […]

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा ‘राजनेता पार्क’ बताउने योजनाप्रति चासो ..

जनकी खबर ।असार ५ गते । प्रधानमन्त्री  केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका क्षेत्रमा ‘राजनेता पार्क’ बताउने योजनाप्रति विभिन्न खालका चासो देखा परेका छन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोहाङ्‌का अनुसार पार्क बनाउन अहिलेलाई एक करोड रुपैयाँ बजेटमा छुट्टाइएको छ। नेकपा एमालेका एकथरी नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई ‘राजनेता’ भनेर […]

नेपाली फुटबल टिमका प्रशिक्षकअलमुताइरी आज नेपाल आइपुगे

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आइपुगेका छन् । उनी शनिबार नेपाल एयरलाइन्सको जहाजमार्फत् कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन् ।मुख्य प्रशिक्षक अलमुताइरीको नेतृत्वमा नेपालले ४ खेल खेलको छ ।नेपालले इराकसँग मैत्रीपूर्ण तथा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग विश्वकप तथा एसियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणका बाँकी ३ खेल खेलेको […]

प्रदेश २ का प्रमुख डा. अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसंग भेटघाट गर्नुभयो ।

जनकी खबर ।असार ४ गते ।जनकपुरधाम । प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गर्नुभएको छ । प्रमुख अहिराजले शुक्रवार पूर्वनगरप्रमुख मिश्रको निजी निवासमा पुगेर भेटघाट गर्नुभएको हो । भेटमा उहाँले मिश्रको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । पूर्वनगर प्रमुख मिश्रको उच्च विचार र सदाचारी जीवनबाट आफूले धेरै कुरा सिक्न सक्ने […]