नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आइपुगेका छन् ।

उनी शनिबार नेपाल एयरलाइन्सको जहाजमार्फत् कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन् ।
मुख्य प्रशिक्षक अलमुताइरीको नेतृत्वमा नेपालले ४ खेल खेलको छ ।
नेपालले इराकसँग मैत्रीपूर्ण तथा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग विश्वकप तथा एसियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणका बाँकी ३ खेल खेलेको हो ।

नेपालले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल, जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग छनोटका बाँकी खेल खेलेर नेपाली टोली जुन १२ मा स्वदेश फर्किएको थियो ।

प्रशिक्षक अलमुताइरी भने व्यक्तिगत कारण देखाउँदै कुवेतमै बसेका थिए ।  

केही दिनको क्वारेन्टाइन बसाइपछि अखिल नेपाल फुटबल संघ एन्फा ले उनीसँग साफ च्याम्पियनसिपको तयारीका बारेमा छलफल गर्ने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *