जनकी खबर ।असार ५ गते ।

प्रधानमन्त्री  केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिका क्षेत्रमा ‘राजनेता पार्क’ बताउने योजनाप्रति विभिन्न खालका चासो देखा परेका छन्।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोहाङ्‌का अनुसार पार्क बनाउन अहिलेलाई एक करोड रुपैयाँ बजेटमा छुट्टाइएको छ।

नेकपा एमालेका एकथरी नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई ‘राजनेता’ भनेर सम्बोधन गर्न थालेका बेला एमाले नेतृत्वकै प्रदेश सरकारले राजनेता पार्कको अवधारणा अघि बढाएको देखिन्छ।

त्यसो त दमक नगरपालिका क्षेत्रभित्र अर्बौँ रुपैयाँका योजना थुपारेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।

स्रोत :BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *