जानकी खबर । असार ६ गते, नगराईन ।
धनुषाको नगराईन नगरपालिकामा मैथिल ब्राह्मण महासभाका अध्यक्ष ई. भगवान झाको नेतित्वमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
शनिबार धनुषाको नगराईन नगरपालिका ७ को विर्तामा मैथिल ब्राह्मण महासभा र नेपाल निषाद संघको संयुक्त आयोजनमा १ सय ११ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
नेपाल निषाद संघका केंद्रीय पदाधिकारी बेचन मुखिया, स्थानीय समाजसेवी रामचन्द्र मुखिया एबम ब्राह्मण महासभा युवा समितिका प्रदेश २ अध्यक्ष जानकी रमण झा, एबम ब्राह्मण युवा समिति धनुषाका अध्यक्ष मण्डलका सदस्य भवन झासहित सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । हालसम्म महासभाले विभिन्न संघ – संथासित सहकार्य गरी प्रदेश १ र २ मा करिब एक हजार विपन्न परिवारमा कोभिड महामारीमा राहत पुर्याउन सफल भएको छ ।
ब्राह्मण एवम् दलितको सामाजिक गठबन्धनबाट धनुषाका विपन्न जनता खुशी भएका छन् । यस सामाजिक गठबन्धनबाट थप कार्यहरूको थालनी भएको सिडिई भगवान झाले जानकारी दिएका छन् ।
वडा अध्यक्ष रामदुलार मुखियाको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रमको प्रमुख अतिथि भने झा नै थिए ।




