जनकी खबर ।असार ४ गते ।जनकपुरधाम ।

प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गर्नुभएको छ ।

प्रमुख अहिराजले शुक्रवार पूर्वनगरप्रमुख मिश्रको निजी निवासमा पुगेर भेटघाट गर्नुभएको हो । भेटमा उहाँले मिश्रको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । पूर्वनगर प्रमुख मिश्रको उच्च विचार र सदाचारी जीवनबाट आफूले धेरै कुरा सिक्न सक्ने उहाँले बताउनुभयो । भेटमा उहाँले ज्येष्ठ नागरिकको समस्याका बारेमा पनि मिश्रसँग छलफल गर्नुभएको थियो ।

 निक्कै स्वच्छ छविका पूर्व नगर प्रमुख मिश्र बिरामी पर्नु भन्दा अगाडिसम्म जजीमानी गरेर गुजारा गर्दै आउनु भएको थियो । 

बिरामी परेर शारीरिक रुपमा कमजोर बनेपछि आफ्नो छोरासँगै बस्नु भएका मिश्र नगरको प्रमुख भएर नगरमा कतिपय सुधारको काम गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *