जानकी खबर ।असार ६ गते ।जनकपुरधाम ।
प्रदेश सरकारकै मुख्यालय प्राङ्गणमा वेवारिसे अवस्थामा
रहेको तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापन स्व. रामनारायण मिश्रको शालिक सरसफाई गरिएको छ ।
जनकपुरधामको विकासमा अहम योगदान पुरयाएका स्व. मिश्रको शालिक अहिलेको मधेश भवन परिषरमै रहेपनि ओझेलमा परेको छ ।
स्व. मिश्रको शालिक रहेको सो ठाँउमा अहिले पानी जमेको र फोहरै फोहरले भरिएको छ ।
प्रदेश २ प्रमुख डा. राजेश अहिराजले नेपाली सेनाका जवान र केहि शुभेच्छुकहरुको सहयोगमा शालिकको सरसफाई गर्न लगाएका छन् ।






