जानकी खबर ।असार ५,जनकपुरधाम ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ ।

मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्मस्थल महोत्तरीको मटिहानी पुगेकी  मन्त्री चौधरीलाई त्यहाँका स्थानीयहरुले भव्य स्वागत गरेका हुन् ।

मटिहानी नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान समारोहमा सम्बोधन गर्दै मन्त्री चौधरीले आफु जहिले पनि मटिहानी आउँदा यहाँको जनताको अपार साथ, समर्थन र सहयोग रहेको प्रशंसा गर्दै आफु मन्त्री पदमा भए पनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै, मन्त्री चौधरीले शनिवार विहान जनकपुरमा रहेको जानकी मन्दिरमा पुजाआजा र दर्शन गरेकी छन् । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।

आजै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश साँसदहरु सँग भेटघाट र शुभकामना आदान प्रदान समेत गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *