नेकपा एमालेको कार्यदलको बैठक आज बस्दैछ ।

जानकी खबर ।२२ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक आज बस्दैछ । नेकपा एमालेको एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम […]

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेट

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । निधि र कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । निधि निवास मध्यवानेश्वरमा दुई नेताबीच आसन्न महाविधेशनका बारेमा छलफल भएको छ। उपसभापति निधिले सभापतिका आकांक्षी नेताहरुलाई भेटेर सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् । […]

निर्वाचन आयोगले गरे मध्यावधि निर्वाचनको कार्यतालिका तयार

जानकी खबर ।असार २१,काठमाडौं ।निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताइएको छ । जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा […]

जिता नदीमा बाध भत्किदा सप्तरीको राजविराज नगरपालिकामा २ सय घर डुबानमा

जानकी खबर ।असार २१,सप्तरी ।वर्षाका कारणले जिता नदीमा बाध भत्किदा सप्तरीको राजविराज नगरपालिकामा २ सय घर परिवार डुबानमा परेका छन् । सप्तरीको महुलीस्थित जिता धारबाट अचानक बाढी आउँदा राजविराज नगरपालिका-१० कदमाहा टाेलका २ सय घर डुबानमा परेकाे वडाअध्यक्ष सुशील दासले बताए । वडाअध्यक्ष दासका अनुसार अाज बिहानदेखि अचानक पानीकाे सतह बढेपछि साे बस्ती पुरै डुबानमा […]

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सर्लाहीको छात्राहरुलाई साईकल वितरण

जानकी खबर ।असार २१,मलगंवा । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सर्लाहीको रहेको एक विद्यालयका छात्राहरुलाई साईकल वितरण गरिएको छ । आईतबार बागमती नगरपालिकामा–५, सोल्टी बजारमा रहेको जनता नमूना माध्यमिक विद्यालयका छात्रालाई साईकल वितरण गरिएको हो । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा […]

कमला जलाधार संरक्षण अभियानले कमला पुल भासिएको भन्दै ठेकेदार कम्पनीहरुलाई कानूनीको दायरमा ल्याउन माग

जानकी खबर ।असार २१,जनकपुरधाम।कमला जलाधार संरक्षण अभियानले कमला पुल भासिएको भन्दै छानविन गरी ठेकेदार कम्पनीहरुलाई कानूनीको दायरमा ल्याउन माग गरेको छ । आईतवार अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । पुलको पुर्ननिर्माणको कार्य प्रारम्भ गर्न पनि जोडदार माग गर्दछौं– संघका अध्यक्ष विक्रम यादव र सचिव […]

मुख्यमन्त्री लालबाबु राउतले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्रका २ जना स्रष्टालाई पुरस्कृत गरे ।

जानकी खबर ।असार २१,जनकपुरधाम।मुख्यमन्त्री लालबाबु राउतले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्रका २ जना स्रष्टालाई पुरस्कृत गरेका छन् । आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा मुख्यमन्त्री राउतले बरिष्ठ कलाकार सुनिल कुमार मिश्र र बरिष्ठ गायक वंशीधर मण्डललाई पुरस्कृत गरेका हुन् । एक लाख नगद […]

धनुषामा एक युवक २४ किलो गाँजासहित पक्राउ

जानकी खबर । असार १९ जनकपुरधाम ।धनुषामा एक युवक२४ किलो गाँजासहित पक्राउ परेका छन् । लागू औषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक पनि गाँजासहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित समातिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार महासेठले आफ्नै […]

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झालाई सम्मान गरे ।

जानकी खबर । असार १९, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झालाई सम्मान गरेका छन्। केहि दिन अगाडी अवकास भएका स्वच्छता अभियान प्रमुख ईन्जिनियर झालाई मुख्यमन्त्री लालबाबु राउतले सम्मान गर्नुभयो । मुख्यमन्त्री निवासमा सनिवार आयोजित एक कार्यक्रम बीच झालाई मुख्यमन्त्री राउतले सम्मान प्रदान […]