जानकी खबर । असार १९ जनकपुरधाम ।
धनुषामा एक युवक२४ किलो गाँजासहित पक्राउ परेका छन् । लागू औषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक पनि गाँजासहित पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित समातिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको गोप्य सूचना पाएपछि शुक्रबार राति घरबाटै पक्राउ गरिएको छ । उनको घरबाट २४ किलो २ सय ८० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *