जानकी खबर ।असार २१,काठमाडौं । 

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

निधि र कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । निधि निवास मध्यवानेश्वरमा दुई नेताबीच आसन्न महाविधेशनका बारेमा छलफल भएको छ।

उपसभापति निधिले सभापतिका आकांक्षी नेताहरुलाई भेटेर सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् । उनले कांग्रेसमा चर्चामा रहेका सबै सभापतिका आकांक्षीसँग छलफल गरिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर उनले १४ औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

त्यस्तै केन्द्रीय सदस्य कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । कांग्रेसले महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका अनुमोदन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *