जानकी खबर ।असार २१,जनकपुरधाम।
मुख्यमन्त्री लालबाबु राउतले नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट यस क्षेत्रका २ जना स्रष्टालाई पुरस्कृत गरेका छन् ।

आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनकपुरमा आयोजना गरेको समर्पण समारोहमा मुख्यमन्त्री राउतले बरिष्ठ कलाकार सुनिल कुमार मिश्र र बरिष्ठ गायक वंशीधर मण्डललाई पुरस्कृत गरेका हुन् । एक लाख नगद तथा प्रमाण पत्र रहेको प्रज्ञा पुरस्कारबाट देशभरि पुरस्कृत भएका ६ जना श्रष्ठा मध्ये मण्डल र मिश्र प्रदेश २ का छन् । सो अवसरमा मैथिली रंगमञ्चकी प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई समेत ११ हजार नगद सहित पुरस्कृत गरिएको थियो । उक्त समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरुलाई सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी दिए । प्राज्ञपरिषद सदस्य धिरेन्द्र प्रेमर्शीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *