जानकी खबर । असार १९, जनकपुरधाम ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झालाई सम्मान गरेका छन्।

केहि दिन अगाडी अवकास भएका स्वच्छता अभियान प्रमुख ईन्जिनियर झालाई मुख्यमन्त्री लालबाबु राउतले सम्मान गर्नुभयो ।

मुख्यमन्त्री निवासमा सनिवार आयोजित एक कार्यक्रम बीच झालाई मुख्यमन्त्री राउतले सम्मान प्रदान गर्दै विदाई गरेका हुन् ।
झालाई प्रदेश २ का मुख्यन्याधिवक्ता दीपेन्द्र झाले समेत सम्मान गरेका छन् ।

सरकारी सेवाको अवधिमा प्रदेश २ मा विशेष योग्दान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो ।
सम्मान विदाई गर्दै अवकास पछि समेत समाज र जनताका लागि लाग्न समेत मुख्यमन्त्री राउतले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *