जानकी खबर ।असार २१,सप्तरी ।
वर्षाका कारणले जिता नदीमा बाध भत्किदा सप्तरीको राजविराज नगरपालिकामा २ सय घर परिवार डुबानमा परेका छन् ।

सप्तरीको महुलीस्थित जिता धारबाट अचानक बाढी आउँदा राजविराज नगरपालिका-१० कदमाहा टाेलका २ सय घर डुबानमा परेकाे वडाअध्यक्ष सुशील दासले बताए । वडाअध्यक्ष दासका अनुसार अाज बिहानदेखि अचानक पानीकाे सतह बढेपछि साे बस्ती पुरै डुबानमा परेकाे बताए ।

घर-घरमा ४/५ फिट सम्म पानी जमेकाे तथा जसमध्ये २५ परिवार पुर्ण रुपमा डुबानमा परेको वडाअध्यक्ष दासले जानकारी दिए । जिता धार भत्किएपछि गाउँमा बाढी अाएकाे स्थानीय महेन्द्र यादवले बताएका छन् । लगातारको बर्षाका कारणले जिता धार भत्किएपछि साे बाढी गाउँमा प्रवेश गरेकाे तथा स्थानीयबासीहरु अहिले त्रसित बनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *