जानकी खबर ।असार २१,जनकपुरधाम।
कमला जलाधार संरक्षण अभियानले कमला पुल भासिएको भन्दै छानविन गरी ठेकेदार कम्पनीहरुलाई कानूनीको दायरमा ल्याउन माग गरेको छ ।

आईतवार अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । पुलको पुर्ननिर्माणको कार्य प्रारम्भ गर्न पनि जोडदार माग गर्दछौं– संघका अध्यक्ष विक्रम यादव र सचिव विनोद महराले बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गको पुलभन्दा बढी लम्बाई हुनुपर्नेमा ४७० मिटर लम्बाई मात्र भएकाले पानीको बहाब थेग्न नसकेर तटबन्ध समेत भत्काई जनधनको क्षति हुने खतरा रहेको पनि विज्ञप्तीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । हुलाकी सडकदेखि राजमार्गको दुरी ३५ मिलोमिटर रहेको छ । राजमार्गमा कमला पुल ६४० मिटरको छ । तर हुलाकी सडकसम्म आउँदा थप चार नदी मिसिएर कमला नदीको बहाब क्षेत्र झन फराकिलो भएको छ । तर ४७० मिटरको पुल मात्र बनाएका कारण पनि भासिएको संघको ज्ञापनपत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *