यशस्वी राजनेता बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार घोषणा

जानकी खबर ।२१ भदौ, काठमाडौं ।सरकारले यशस्वी राजनेता बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा […]

चार हजार जनाका लागि नेपाली सेनामा खुल्यो जागिर

जानकी खबर ।१८ भदौ, जनकपुरधाम ।नेपाली सेनामा जागिर खुलेको छ।शुक्रबार सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको हो। स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले दरखास्त आह्वान गरेको हो।तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी भदौ १८ गतेदेखि असोज १६ गतेसम्म दिन सकिने बिज्ञापनमा उल्लेख गरिएको छ […]

जनकपुरधाममा लोहार समुदायका अगुवाहरुको बैठक

जानकी खबर ।१७भदौ, जनकपुरधाम ।लोहार जातीलाई दलितमा गन्तीवाट हटाईएको हुनाले जनकपुरधामको लोहार समुदायका अगुवाहरु बैठकबसि निर्णय विरुद्ध संघर्ष गर्ने तैयारीमा जुटेका छन् ।लोहार जातीलाई दलितमा सामिल गर्न उनिहरुको माग छ। बैठकका केही दृश्य

लक्ष्मीनियाँ गाउँपलिकाको बगेवामा मुर्ति भसानको करिक्रम सम्पन्न

जानकी खबर १६भदौ,लक्ष्मीनियाँ ।राजेश झाधनुषाको लक्ष्मीनियाँ गाउँपलिकास्थित बगेवा गाउँमा श्रीकृष्ण जन्माष्टमीमा पुजा गारिएको मुर्तिको भसान करिक्रम सम्पन्न भएको छ । बिहिवार स्थानीयहरुले नाच गान गर्दै भगवान रधा-कृष्णको मुर्ति सहित अन्य विभिन्न देवि देवताका मुर्तिहरु गाडीमा राखी नगरको परिक्रमा गरेका थिए । श्रधालुहरुले बिहानको पुजा र नगरको परिक्रमा पाछि गाउँ नजिकको पोखरिमा मुर्ति भसाएर भसानको कारिक्रम […]

प्रदेश -२ को विभिन्न स्थानहरुमा देखिएको भग्वान राधा- कृष्ण सहित विभिन्न देवि देवताको अदभूत मुर्तिहरुको केही दृश्य

जानकी खबर १६ भदौ, जनकपुरधाम ।राजेश झाश्रीकृष्ण जन्माष्टमीमा जनकपुरधाम र लक्ष्मीनियँा गाउँपलिका लागायत प्रदेश -२ को विभिन्न स्थानहरुमा भग्वान राधा- कृष्ण सहित विभिन्न देवि देवताको अदभूत मुर्तिहरुको पुजा आराधना गरिएको छ।श्रीकृष्ण जन्म उत्सवमा देखिएको केही दृश्य

जनकपुरधामको मुजेलियास्थित श्रीराम जानकी कुटीमा श्रीकृष्ण जन्माष्टमी धुमधामसंग मनाइँदै

जनकी खबर १५ भदौ, जनकपुरधाम ।समवाद दाता- मुकेश कुमार ठाकुरजनकपुरधाम उप- महानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित श्रीराम जानकी कुटीमा बिगत केही वर्ष देखि निरन्तरता दिदै यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी धुमधाम संग मनाइँदै छ । केही दृश्य

आज श्रीकृष्ण जन्माष्टमी देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा गरी मनाइँदै

जानकी खबर ।१४ भदौ, जनकपुरधाम ।श्रीकृष्ण जन्माष्टमी पर्व आज (सोमबार ) देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा गरी मनाइँदै छ । आजका दिन देशभरिका कृष्ण मन्दिरमा आराधना, प्रवचन, भजनकीर्तनका साथै व्रत बसी रातभर जाग्राण बस्ने प्रथा छ ।श्रीकृष्ण जन्माष्टमी पर्व जनकपुरधामको रेल्वे स्टेसन,कृष्ण मन्दिर , लगायत अन्य विभिन्न चैाकहरुमा धुम-धामका साथ मनाउने चलन चली आएको […]

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना-मुख्यमन्त्री राउत

जानकी खबर ।१४ भदौ, जनकपुरधााम ।प्रदेश -२ का मुख्यमन्त्री लालबाबु राउतले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेको छ । उहाँले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

श्रीकृष्ण जन्माष्टमीले नेपालीलाई भावनात्मक एकतामाआबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउनेे – राष्ट्रपति

जानकी खबर ।१४ भदौ, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् । उहाँले सन्देश जारी गर्दै  सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा जन्माष्टमी पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त […]