जानकी खबर ।
१४ भदौ, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् ।

उहाँले सन्देश जारी गर्दै  सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा जन्माष्टमी पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले पनि श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *