जानकी खबर ।
१४ भदौ, जनकपुरधाम ।
श्रीकृष्ण जन्माष्टमी पर्व आज (सोमबार ) देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा गरी मनाइँदै छ ।
आजका दिन देशभरिका कृष्ण मन्दिरमा आराधना, प्रवचन, भजनकीर्तनका साथै व्रत बसी रातभर जाग्राण बस्ने प्रथा छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व जनकपुरधामको रेल्वे स्टेसन,कृष्ण मन्दिर , लगायत अन्य विभिन्न चैाकहरुमा धुम-धामका साथ मनाउने चलन चली आएको छ।
बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि समााााजमा बढ्न थालेको छ ।
विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको जन विश्वास छ। त्यसैकारणले आजको दिनलाई विशेष ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले जीवनभरी सत्यको पक्षमा रही सत्कर्मका लागि मानव जातिलाई प्रेरित गरेको मान्यता छ ।
जन्माष्टमीमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि फेरि दिन थालिएको छ ।

