जानकी खबर ।
२१ भदौ, काठमाडौं ।
सरकारले यशस्वी राजनेता बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् १९७१ भदौ २४ गते जन्म भएको थियो ।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय बने । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।
सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।
२१ जुलाई १९८२ मा भएको थियोे ।
भारतको बनारसमा जन्मनुभएका स्व कोइरालाले आफ्नो जीवन नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएर उहाँले नेपाली राजनीति तथा साहित्यमा उल्लेख्य योगदान दिए । विश्वेश्वरप्रसाद (बीपी)कोइरालाको निधन ६७ वर्षको उमेरम विसं २०३९ साउन ६ गते काठमाडौंमा भएको थियो ।







