१९ भदौ,काठमाडौं ।
सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरुले परामर्श गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तार र गठबन्धनलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकार विस्तार तथा मुलुकको वर्तमान राजनीतिक विषयमा छलफल भएको हो।
स्रोतले जनाए अनुसार गठबन्धनलाई थप प्रभावकारी बनाउने, सरकार विस्तार गर्नेलगायत विषयमा छलफल केन्द्रीत रहेको थियो ।



