देशभरी मनसुनी वायुको प्रभावले वर्षा भइरहेको

जानकी खबर।असार २ गते । जनकपुरधाम । देशभरी मनसुनी वायुको प्रभावले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको धेरै स्थानमा हल्का मध्यमदेखि भारी वर्षा भइरहेको छ । महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।अगामी […]

मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा-घर र पुलहरू बगाएको

जनकी खबर । असार २ गते । सिन्धुपाल्चोक — मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ। बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन हुनानसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे […]

पूर्व प्रधानमन्त्री झलनाथ खनालाई अक्सिजनको सपोर्टमा उपचार ।

जनकी खबर । जेठ ३१ जनकपुरधाम । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।  उहाँ अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको अवस्यता परेको हो ।अस्पतालका अनुसार उहाँलाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता […]

कञ्चनपुरमा ११वर्षीया बालिकालाई जबरजस्ती करणी- १जना पक्राउ ।

जनकी खबर ।३१जेठ ,जनकपुरधाम । कञ्चनपुरमा ११वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  कृष्णपुर नगरपालिका- वडा ४ स्थित क्याम्पस टोल निवासी ५३ वर्षीय धनबहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । बालिकालाई फकाइ जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरियाको प्रहरीले गुरुङलाई आइतबार राति पक्राउ गरेको थियो […]

उपप्रधान मन्त्री महासेठ र महतोले जनकपुरधामको मन्दिरहरुमा पुजा तथा निरीक्षन गर्नु भएको छ।

जनकी खबर ।जेठ ३० जनकपुरधाम । आइतबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ एवं पुर्ब मन्त्री जुली महतोले जनकपुरधामको मन्दिरहरुमा पुजा तथा निरीक्षन गर्नु भएको छ। उनिहरुले माता जानकी , राजदेवी , बौद्धी माई , भगवान गणेश र राम मन्दिरमा पुजा अर्चना गर्नुको साथसाथै उहाँहरुद्वारा निर्माणधिन माता राजदेवीको मुल गेटको निरीक्षन गरेका हुन् । हिजो सनिवार […]

सर्वोच्चले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जरि गरे।

जनकी खबर।२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश तत्कालकार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जरि गरेको  छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बिहीबार  अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतले संघीय अध्यादेश बमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न […]

नारायणहिटी राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्ष पूरा !

जनकी खबर । जेठ १९ जनकपुरधाम नारायणहिटी राजदरवारभित्रै राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्ष पूरा भएको छ । हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको हो । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन […]

प्रधानमन्त्रीले आज दिउँसो ४ बजे सम्बोधन गर्ने

जनकी खबर ।१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् ।

अक्सिजनको अभावले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाए ।

जनकी खबर ।१४ जेठ पोखरा -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो । बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि […]